२७ माघ बर्दिया । नेपाल रेडक्रश शोसाइटि पछिल्लो पटक राजनिती गर्ने थलो बनेको छ । राजनिति भन्दा टाढा रहेको भन्ने विश्वास गर्ने आम सर्वसाधारण नागरिकलाई भने यो भनाई अव भनाईमा मात्र सिमित भएको पाइएको छ ।
रेडक्रसमा पछिल्लो पटक भैरहेको उपशाखाहरुको निर्वाचनमा देखिरहेका छौ जसमा ठुलै तामझाम सहित पार्टिको विल्ला भिरायर उमेदवार खडा गर्ने गरिएको छ । प्रत्यक्ष राजनितिबाट टाढा रहनै नसक्ने भएको नेपाल रेडक्रस सोसाइटि प्रतिको विश्वास कति भन्ने प्रश्न चिन्ह सथै सताइरहने छ । माघ २८ गते बर्दियाको नेपाल रेडक्रस सोसाइटि उपशाखा गुलरिया क को निर्वाचन हुदैछ । यसमा पनि राजनिति दलको प्रत्यक्ष हस्तक्षेप देखिएको छ । प्यानल बनाई चुनावी मैदानमा देखिएका छन , रेडक्रसको पदाधिकारीमा जानको लागी । प्रत्यक्ष राजनितिमा नलागेका पार्टिको कुनै महत्वपुर्ण जिम्मेवारीमा नरहेको व्यक्तिले आशा गर्न सकिएका महोदय पार्टिको कारिन्ता बाट के आश गर्न सकिएला र । अव राजनितिकै बाट सुरु गर्रौ नेकपा एमाले , नेकपा माओवादी केन्द्र, राप्रपा को सयुक्त प्यानलबाट तुल्सिप्रसाद तिमिल्सिना सभापति सहितको टोली मैदानमा छ भने नेपाली काग्रेसको तर्फ बाट गोविन्द प्रसाद लामिछाने चुनावी मैदानमा रहेका छन । यी दुवै सभापतिका उम्मेदवार मध्ये कुन ठिक लाग्छ उसैलाई जिताउन उपयुक्त होला । यसरी हेर्दा तुल्सिप्रसाद तिमिल्सिना बलियो देखिएका छन । नेकपा एमाले नजिक भएपनि पार्टिको कुनै महत्वपुर्ण जिम्मेवारीमा नरहेका तिमिल्सिना उद्योग बाणिन्य संघ गुलरियाको उपाध्यक्ष भैसकेका व्यक्ति हुन भने गोविन्दप्रसाद लामिछाने नेपाली काग्रेस पार्टिको महत्वपुर्ण जिम्मेवारी पदमा रहेका व्यक्ति हुन । नेपाली काग्रेस समर्थित मतदाताले इमान्दारीता र थप मत अन्य तान्न सकेको खण्डमा लामिछानेको जित निश्चित देखिन्छ तर सरल रुपमा हेर्ने हो भने तुल्सि तिमिल्सिना बलियो देखिएका छन ।