कहाँ छन् जीबी, महर्जन र देवकुमार ?

54Shares
कहाँ छन् जीबी, महर्जन र देवकुमार ?

२५ माघ काठमान्डौ । प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन इन्टरपोलले पछिल्लो समय नेपालमा अपराध गरी फरार रहेकाहरूविरुद्ध ‘रेड नोटिस’ जारी गर्ने क्रम तीव्र बनाएको छ ।फेब्रुअरी २ मा इन्टरपोलले ललितपुरको पुल्चोकस्थित सुमेरु सेभिङ एण्ड क्रेडिट सहकारीको रकम हिनामिना प्रकरणमा फरार तत्कालीन अध्यक्ष भरत महर्जनविरुद्ध ‘रेड नोटिस’ जारी गरेको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको अनुसन्धानले सुमेरू सहकारीमा करिब ३५ हजार बचतकर्ताको १० अर्ब भन्दाबढी रकम महर्जनले हिनामिना गरेको देखाएको छ ।इन्टरपोलले रेड नोटिस जारी गरेका अधिकांश आरोपीहरू नेपाल बाहिर लुकेर बस्ने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।हाल रेड नोटिस जारी भएका पोखराका सूर्यदर्शन सहकारी तत्काल अध्यक्ष जीबी राई, सुमेरु सहकारीका तल्कालीन अध्यक्ष भरत महर्जन र बागलुङस्थित इमेज सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपाली समेत विदेश भागेको प्रहरीको अनुसन्धानबाट देखिएको छ ।
देवकुमार नेपाली भारतमा लुकेको आशंका प्रहरीको छ । भरत महर्जन बेलायत तथा गितेन्द्रबाबु राई जीबी मलेसियामा रहेको आंशका प्रहरीको छ ।इन्टरपोलको नोटिससँगै एनसीबी काठमाडौंले उनीहरू रहेको आशंका गरिएका देशको प्रहरीसँग चासो राख्न थालेको छ । प्रहरी स्रोतका अनुसार, इन्टरपोलले नोटिस जारी गरेसँगै उनीहरू हवाई मार्गबाट एक देशबाट अर्को देश जाने बाटो बन्द भएको छ ।उनीहरूबारे देशको अध्यागमनमा सूचना पुगिसकेको हुन्छ । प्रहरी प्रधान कार्यालयका अनुसार, नोटिस जारी भएकाहरू यूरोप, अमेरिका पुगेको खण्डमा त्यहाँबाट पक्राउ गरी नेपाल झिकाउन भने कानुनी जटिलता हुने प्रहरीको भनाई छ । खाडीका देशबाट भने पक्राउ गरी नेपाल ल्याउन सजिलो हुन्छ ।