फागुनको पहिलो सातादेखि जाडो कम हुँदै जाने

33Shares
फागुनको पहिलो सातादेखि जाडो कम हुँदै जाने

२५ माघ काठमान्डौ । मौसम पूर्वानुमान महाशाखाले फागुनको पहिलो सातादेखि जाडो कम हुँदै जाने जनाएको छ।पछिल्लो साता अधिकतम तापक्रम निरन्तर बढ्ने क्रममा छ। आगामी तीन दिन कतै वर्षाको सम्भावना नरहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्।महाशाखाका अनुसार अहिले तापक्रम घटबढको क्रममा रहे पनि फागुन लागेसँगै अधिकतम र न्यूनतम तापक्रम बढ्दै जाने छ।