पूर्व डिआइजी जोशीको घरमा प्रहरीको छापा

51Shares
पूर्व डिआइजी जोशीको घरमा प्रहरीको छापा

२५ माघ काठमाडौं। नेपाल प्रहरीका पूर्वडिआइजी छविलाल जोशीको घरमा प्रहरीले छापा मारेको छ। सूर्यदर्शन सहकारीसँग सम्बन्धित सर्भर उनको घरमा समेत रहेको आशंकामा प्रहरीले जोशीको घरमा छापा मारेको हो।जोशी सूर्यदर्शन सहकारीका मुख्य सञ्चालक जिबी राईका व्यापारिक साझेदार हुन्। जोशीको घरमा नेचर हर्ब इन्टरनेशनल प्रालि नेटवर्किङजस्तै व्यवसायको कार्यालय थियो।जिल्ला प्रहरी कार्यालय कास्कीले जोशीको घरसमेत रहेको नेचर हर्बको कार्यालयबाट सर्भरलगायत उठाइदिनका लागि परिसरसँग सहयोग मागेको थियो। यसअघि सूर्यदर्शन सहकारी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १८ जना व्यक्ति र कम्पनीविरूद्ध कास्की प्रहरीमा ठगी मुद्दाको जाहेरी परेको थियो।जोशी प्रहरी सेवाबाट अवकाश भएपछि राईका पार्टनर बनेका थिए। गैरकानुनी नेटवर्किङ कारोबार गरेको आशंकामा नेचर हर्बमा वाणिज्य विभागले समेत यसअघि छापा मारेर कागजात खोजेको थियो।