२४ माघ दाङ । १६ वर्षिय किशोरीलाई विहे गर्छु भन्दै पटक पटक बलात्कार गरेको आरोपमा १६ वर्षको किशोर पक्राउ परेका छन । जबरजस्ती करणी गरेको आरोपमा घोराही उपमहानगरपालिका–१२ का १६ वर्षीय किशोर पक्राउ परेको प्रहरीले जनाएको छ ।उनले किशोरीलाई विवाह गर्ने आश्वासनमा फकाउँदै आफ्नो घरमा राखेर लगातार करणी गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । किशोरीको पेटमा गर्भ समेत रहेको पाइएको छ ।जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले ती किशोरलाई नियन्त्रणमा लिएको हो । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।