दैलेखमा घटना घटायर फरार भएका २ जना बालक बर्दियाबाट पक्राउ

75Shares
दैलेखमा घटना घटायर फरार भएका २ जना बालक बर्दियाबाट पक्राउ

२४ माघ दैलेख ।दैलेखमा आफनै घरको पसलमा सुतिरहेकी ७५ वर्षिय मिना देवि शर्मालाई गम्भिर घाइते बनाउने २ जना बालकलाई बर्दिया प्रहरीले पक्राउ गरी दैलेख बुझाएको छ ।माघ १९ गते राति महावु गाउँपालिका–१, दवडा स्थित आफ्नै घरमा खुद्रा पसल गर्ने ७५ वर्षीय मिनादेवी शर्मा आफ्नै पसलमा सुतिरहेको बेला उनीहरुले धारिलो हतियार खुर्पा हँसिया, बियरको बोतल र काठको गरालोले टाउको, ढाड, छाती, हात खुट्टा तथा अनुहारमा प्रहार गरी गम्भीर घाइते बनाएका थिए । घटना लगत्तै जिल्ला प्रहरी कार्यालय, दैलेखबाट प्रहरी नायब उपरीक्षक किशोर लम्सालको कमान्डमा १५ जनाका टोली तत्काल घटनास्थलमा परिचालन भएको थियो ।घाइतेलाई तत्काल जिल्ला अस्पताल दैलेखमा पठाई सामान्य उपचार पश्चात् थप उपचारको लागि कर्णाली प्रदेश अस्पताल वीरेन्द्रनगर सुर्खेतमा पठाइएको थियो । अहिले पनि उनको आइसियुमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक लम्सालले बताए ।‘घटनामा संलग्न व्यक्तिहरूको अनुसन्धान गरी खोजतलास गर्दा सोमबार उनीहरू बर्दियाको ठाकुरबाबा नगरपालिकामा लुकीछिपि बसेको पत्ता लागेपछि बर्दिया प्रहरीको समन्वयमा पक्राउ गरिएको हो । पक्राउ परेका एक जना १४ वर्षिय र अर्का १५ वर्षका रहेका छन । उनीहरूमाथि ज्यान मार्ने उद्योग मुद्दामा जिल्ला अदालत दैलेखबाट पहिलो पटक पाँच दिनको म्याद थप अनुमति प्राप्त भई बाल निगरानी कक्षमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।