खाना खाने क्रममा घाँटीमा भात अड्केर निधन

33Shares
खाना खाने क्रममा घाँटीमा भात अड्केर निधन

२४ माघ चितवन । चितवनमा खाना खाने क्रममा एक जनाको घाँटीमा भात अड्केर ज्यान गएको छ । आज बेलुकीको खाना खाने क्रममा कालिका नगरपालिका ६, शान्ति टोलका ६८ वर्षीय आइतराम कुमालको भात अड्केर निधन भएको बताइएको छ ।
खाना अड्केपछि बेहोस भएका कुमाललाई तत्काल भरतपुरस्थित अस्पताल पुर्याइएको थियो । उपचारको क्रममा पौने ९ बजे उनलाई चिकित्सकहरुले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।