२२ माघ पोखरा । पोखरामा रहेको सूर्यदर्शन सहकारीका पीडितहरुको जाहेरी कास्की प्रहरीले लिन मानेको छैन । संघर्ष समितिका संयोजक किरण श्रेष्ठका अनुसार रवि लामिछाने लगायतविरुद्ध दिन लागिएको जाहेरी प्रहरीले लिन नमानी पीडितहरुलाई फर्कादिएको हो ।
‘हामीले ८० जना विरुद्ध जाहेरी दिन लागेका छौँ,’ संयोजक श्रेष्ठले भने, ‘तीन पटकसम्म जाहेरी दिन गयौँ, प्रहरीले तीनै पटक फर्कायो । कहिले पारिवारिक विवरण नखुलेको भनेर फर्कायो । कहिले सहकारी ऐन अन्तर्गत भएन भनेर फर्कायो उनले छानबिन समितिको प्रतिवेदन पढेर सम्भावित दोषीहरुविरुद्ध जाहेरी दिन लागेको बताएका छन् । उपाय नलागेपछि पीडितहरुले कम्पनी र पारिवारिक विवरण प्राप्त भएकाविरुद्ध मात्रै अर्को जाहेरी बनाएका छन् ।‘कम्पनीको हकमा पारिवारिक विवरण नचाहिने रहेछ । प्रहरीकै सल्लाहमा कम्पनी र पारिवारिक विवरण भएकाको जाहेरी लेख्यौँ, फेरि भएन भने । अहिले सरकारी वकिल कार्यालयसँग समन्वय भइरहेको छ,’ पीडितहरु भन्छन्, ‘यो सहकारीको छानबिन नै निकै फितलो छ । अनुसन्धान र अभियोजन पनि कमजोर छ । पीडितहरुले पूरक अनुसन्धानको माग गरेका छन् । उनीहरुले जिल्ला प्रशासन, पोखरा महानगरपालिका, पोखराको सहकारी महाशाखा, उच्च अदालत, जिल्ला अदालत र जिल्ला प्रहरी कार्यालयमा पूरक अनुसन्धानको मागपत्र बुझाएका छन् ।ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्न सूर्यदर्शक सहकारीबाट पैसा लगेको र उक्त टेलिभिजनको प्रवन्ध निर्देशकको भूमिकामा त्यतिबेला रवि लामिछाने रहेका कारण उनी पनि छानबिनको दायरामा आउनुपर्ने पीडितको भनाइ छ ।