धादिङका एमाले नेताहरु ओलीको आग्रहमा बालकोटमा

765Shares
धादिङका एमाले नेताहरु ओलीको आग्रहमा बालकोटमा

२१ माघ धादिङ । जिल्ला अधिवेशनको विवाद बढेपछि दुवै पक्षका नेता काठमान्डौ पुगेको छन । विवाद बढेर गएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धादिङका पार्टी नेताहरुलाई काठमाडौं बोलाएका छन् ।अध्यक्ष ओलीले नेताहरुलाई काठमाडौं बोलाएपछि भोलि बिहान ८ बजे सुरु हुनेगरी जिल्ला अधिवेशन स्थगित भएको सूचना जारी गरिएको छ ।प्रदेश अध्यक्ष कैशाल ढुंगेलले भने आइतबार बिहानै जिल्ला अधिवेशन स्थगित भएको सूचना जारी गरेका थिए । तर अध्यक्ष भूमि त्रिपाठीले तत्कालै वक्तव्य जारी गरी जिल्ला अधिवेशन स्थगित नभएको जानकारी दिएका थिए ।यसपछि पार्टी अध्यक्ष ओलीले दुवै पक्षका नेताहरुलाई छलफल गर्न च्यासल बोलाए । धादिङको यो विवाद भने अध्यक्ष मण्डल चयनबाट सुरु भएको थियो । जिल्ला अध्यक्ष त्रिपाठीले जिल्ला इन्चार्ज धर्मदत्त देवकोटाको अध्यक्षतामा जिल्ला सहइन्चार्ज रेशम लामा, केन्द्रीय सदस्य जानुका सिंखडा र प्रदेश सदस्यहरु धनबहादुर घले र ध्रुबराज विक रहेको अध्यक्ष मण्डल घोषणा गरेका थिए ।तर प्रदेश अध्यक्ष ढुंगेल पक्षधर नेताहरु खेम लोहनी, रमेश आचार्य लगायतले यो सूचीप्रति आपत्ति जनाए । उनीहरुले प्रदेश इन्चार्ज गुरु बरालको अध्यक्षतामा अध्यक्ष मण्डल घोषणा हुनुपर्ने अडान लिए ।यही विवादका कारण अधिवेशन अगाडि बढ्न सकेन ।