२१ माघ काठमान्डौ । फुटपाथमा व्यापार गर्न रोक लगाउने काठमाडौँ महानगरपालिकाको कदमविरुद्ध नेकपा एमाले सम्वद्ध फुटपाथ व्यवसायीहरु आजपनि सडकमा ओर्लिएका छन् ।फुटपाथ तथा साना व्यवसायीलाई विकल्प नदिई हटाएको भन्दै लामो समयदेखि आन्दोलित उनीहरुले आज विरोध र्यालीसहित महानगर घेराउ गरेका हुन् । एमालेको मजदुर संगठन जिफन्टको अगुवाइमा आज बिहान रत्नपार्कबाट निस्केको र्याली जमल, दरबार मार्ग हुँदै कमलादीस्थित महानगर कार्यालयमा पुगेर धर्नामा परिणत भएको छ ।धर्नाअघि जिफन्टअन्तर्गतको नेपाल स्वरोजगार व्यापार श्रमिक संघका अध्यक्ष माया गुरुङको नेतुत्वमा निस्किएको र्यालीमा मजदुर संगठनका केन्द्रीय महासचिव लक्ष्मण घिमिरेलगायतका सहभागी छन । प्लेकार्ड र झण्डासहित निस्किएको र्यालीका सहभागीहरुले महानगरविरुद्ध चर्को नाराबाजीसमेत गरे ।फुटपाथ खाली गर्ने क्रममा महानरको प्रहरी टोलीले माघ ७ गते राती आठ बजे एकजना महिला सडक व्यापारीलाई हातपात गरेको र अन्य धेरैको सामान जफत गरेको बताउँदै उनीहरु महानगरविरुद्ध आन्दोलित भएका हुन् ।
उनीहरुले लुटेको अमान फिर्ता गरु, लुटेरा काठमाडौँ महानगरपालिका मूर्दावादु, हाम्रो आन्दोलन जिन्दावाद, सम्पूर्ण व्यवसायीहरु एक हौँ, गरिब मार्न पाइंदैन, महानगरको दमन बन्द गर, राजु पाण्डे मूर्दावाद जस्ता नारा लगाएका थिए ।