एमाले धादिङ जिल्ला अधिवेशनमा कुटाकुट

51Shares
एमाले धादिङ जिल्ला अधिवेशनमा कुटाकुट

२१ माघ काठमाडौँ । नेकपा एमाले धादिङ जिल्ला अधिवेशनमा कुटाकुट भएपछि अधिवेशन नै स्थगित भएको छ । माघ १९ गते सुरु भएको अधिवेशनमा जिल्ला कमिटीबाट मनोनीत गर्ने नामहरूका बारेमा विवाद भएपछि शनिबारको बन्दसत्रमा कुटाकुट भएको हो ।कुटाकुट र भिडन्तमा एमाले कार्यकर्ता सन्तोषको हात नै भाँच्चिएको छ । बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलले आइतबार बिहान विज्ञप्ति जारी गर्दै अर्को सूचना जारी नभएसम्म अधिवेशन स्थगित भएको जनाएका छन् ।
अध्यक्ष ढुंगेलले जनसंगठनबाट प्रतिनिधित्व गराउँदा जनसंगठन समन्वय सम्बन्धी निर्देशिका २०७८ बमोजिम वर्गीकरण गरी प्रतिनिधिको प्रबन्ध नगरिएको पाइएको पनि बताएका छन् ।‘बन्दसत्रमा प्रवेश गर्नु अगाडी प्रतिनिधि निर्क्योल गर्ने विषयमा समेत अन्योल कायम रहेको अवस्था देखियो । त्यति हुँदाहुँदै पनि पटक पटक वार्ता छलफलबाट समस्या समाधान गरी बन्दसत्र सुचारु गर्ने प्रयास गरियो तर सम्भव भएन र झन् अशान्त, असहज परिस्थिति देखा पर्‍यो । एमाले धादिङ जिल्लाका अध्यक्ष भूमि त्रिपाठी हुन् ।अध्यक्ष त्रिपाठीले प्रदेश अध्यक्ष ढुङ्गेलले जारी गरेको विज्ञप्ति आधिकारिक नभएको दाबी गरेका छन् ।