अर्घाखाँचीमा जीप दुर्घटना दुई जनाको मृत्युु

78Shares
अर्घाखाँचीमा जीप दुर्घटना दुई जनाको मृत्युु

२० माघ अर्घाखाँचि । शनिबार बिहानै अर्घाखाँचीमा भएको जिप दुर्घटनामा २ जनाको मृत्यु भएको छ । जिल्लाको भूमिकास्थान नगरपालिका ढाकावाङ्गमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ढाकावाङ्गको थापाडाडाँमा बाटोबाट करिब १५० मिटर जीप तल खसेको हो । शनिबार बिहानै भएको दुर्घटनामा २ जनाको मृत्यु भएपनि उनीहरूको पहिचान खुलेको छैन ।लु १ ज १६७९ नम्बरको जिप दुर्घटना हुँदा दुई जनाको घटना स्थलमा नै मृत्युु भएको स्थानीयले जनाए । अहिले उद्धार कार्य जारी रहेको छ । घटनाबारे थप विवरण आउन बाँकि रहेको छ ।