भारतसँग हारेसँगै विश्वकपमा नेपालको यात्रा समाप्त

51Shares
भारतसँग हारेसँगै विश्वकपमा नेपालको यात्रा समाप्त

१९ माघ काठमाडौं । आईसीसी यू–१९ विश्वकपअन्तर्गत सुपर सिक्समा भारतसँग १३२ रनले पराजित भएसँगै नेपालको यात्रा समाप्त भएको छ ।शुक्रबार दक्षिण अफ्रिकाको मनगंग ओभलमा भएको खेलमा भारतले प्रस्तुत गरेको २९८ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर १६५ रनमात्र बनाउन सक्यो । नेपालले जित निकाल्न नसकेपनि पुरै ५० ओभर खेल्न भने सफल भएको हो ।