१७ माघ बर्दिया । कैदी भेटन आएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
बर्दिया कारागारमा रहेका बर्दिया मधुवन नगरपालिका ९ का कमल शर्मालाई भेटन आएका गुलरिया नगरपालिका २ संगमवस्तीका २२वर्षिय विजय तिरुवालाई प्रहरीले पक्राउ गरेको हो । तिरुवाले शर्मालाई भेटने बहानामा काँचो माछा भित्र ब्राउन सुगर लुकायर ल्याएका थिए । सो माछा भित्र ५ सय २० मिलिग्राम ब्राउन सुगर रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक तुल्सिराम अर्यालले बताउनु भयो ।