त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कुटाकुट : छानबिन समितिले बुझायो प्रतिवेदन

81Shares
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कुटाकुट : छानबिन समितिले बुझायो प्रतिवेदन

१७ माघ काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी र अध्यागमनका अधिकृतबिच भएको कुटाकुटको घटनाबारेको छानबिन सकिएको छ । घटना छानबिन गर्न गठित सहसचिव थानेश्वर गौतम नेतृत्वको समितिले बुधवार गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको छ ।
समितिको तर्फबाट छानबिन रिपोर्ट पेस भएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव नारायण प्रसाद भट्टराईले बताए ।
समितिले कुटपिटमा संलग्न प्रहरी र अध्यागमनका कर्मचारीहरुसँग बयान लिएको थियो । छानबिन थालेको पाँचौँ दिनमा समितिले छानबिन प्रतिवेदन बुझाएको हो । समितिले घटनास्थलको क्लोज सर्किट सीसी क्यामराको फुटेज विश्लेषण गरेको छ ।प्रतिवेदनले दिएको तथ्यको आधारमा संलग्न कर्मचारहिरुलाई कारबाही गर्ने मन्त्रालयका एक जना उच्च अधिकृतले बताए ।माघ १२ मा गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोकत्वमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले छानबिन समिति गठन गरेका हुन् । समितिमा प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोला तथा सीमा तथा अध्यागमन प्रशासन शाखाका उप–सचिव कुल बहादुर जीसी सदस्य छन् ।