पुसमा घूस खाएका असईविरुद्ध मुद्दा दायर

45Shares
पुसमा घूस खाएका असईविरुद्ध मुद्दा दायर

१४ माघ बाँके । घूससहित पक्राउ परेका एक जना असईविरुद्ध मुद्दा दायर गरिएको छ । प्रहरी चौकी खडैचा, बाँकेमा कार्यरत प्रहरी सहायक निरीक्षक असई गजेन्द्रसिंह भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको बताइएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत, काठमाडौंमा उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको जानकारी दिएको छ ।गत पुस २५ गते आयोगको नेपालगञ्ज कार्यालयबाट खटिएको टोलीले असई भण्डारीलाई आठ हजार रुपैयाँ घूससहित नियन्त्रणमा लिएको थियो ।अनुसन्धानका क्रममा उनले युरिया मलसहित पक्राउ परेको मोटरसाइकल छुटाइदिने नाममा सेवाग्राहीसँग घूस लिएको पुष्टि हुन आएको हो । आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ को कसुरमा आठ हजार बिगो कायम गरी कैद र सजाय हुन मागदाबी गर्दै मुद्दा दायर गरेको छ ।