१२ माघ बर्दिया । बृद्ध भत्ता बुझेर घर फर्कदै गर्दा बाटोमै रकम लुटिएको छ ।बर्दियाको ठाकुरबाबा नगरपालिका ५ का ९४ वर्षिय धनिराम थारुको बृद्ध भत्ता रकम लुटिएको हो । वडाध्यक्ष शम्भुप्रसाद थारुका अनुसार वडा कार्यालय बाटै सामाजिक सुरक्षा भत्ता १२ हजार रुपैया बुझेर घर तर्फ जादै गरेको अवस्थामा सो रकम लुटिएको देखिएको छ कसले लुटेको हो थाहा हुन नसकेको वडाध्यक्षले बताए । वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएपछि सामाजिक सुरुक्षाको भत्ताको रकम लिएर गएको कुमारी बैकले जनाएको छ । स्थानियवासीका अनुसार रकम बुझे लगत्तै घर तर्फ जादै गरेका जेष्ठ नागरिकको रकम झुक्कायर लुटिएको बताइएको छ ।