बर्दियामा आगोले जलेर गम्भिर घाइते जेष्ठ नागरिकको मृत्यु

45Shares
बर्दियामा आगोले जलेर गम्भिर घाइते जेष्ठ नागरिकको मृत्यु

१२ माघ बर्दिया । बर्दियामा आगो ताप्ने क्रममा जलेर बृद्धको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार बारबर्दिया नगरपालिका ३  का ८० वर्षिय जेष्ठ नागरिक चेतानन्द शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ ।आगो ताप्ने क्रममा घाइते भएका शर्मालाई उपचारका लागि गुलरिया जिल्ला अस्पताल पुर्‍याइएको थियो। तर, गम्भीर घाइते उनको जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि नेपालगञ्जस्थित भेरी अस्पताल पुर्‍याइएको थियो।बिहीबार बेलुका आगोले पोलेर घाइते भएका उनको शुक्रबार उपचारकै क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो ।