बारबर्दिया नगरपालिकाको हिउँदे नगर सभा बाट यी ४ प्रस्ताव पारित

72Shares
बारबर्दिया नगरपालिकाको हिउँदे नगर सभा बाट यी ४ प्रस्ताव पारित

दीपक शर्मा
८ माघ बर्दिया    बर्दियाको बारबर्दिया नगरपालिकाको १४ औ नगर सभा सम्पन्न भएको छ ।
आर्थिक वर्ष २०८० /०८१ को हिउँदे नगर सभाले महत्वपुर्ण ४ वटा विषय पारित गरेको छ । सभाले बारबर्दिया नगरपालिकामा संचालनमा रहेको आरसी थारु मेमोरियल अस्पतालको विषयमा सोको नाम संशोधन गरी बारबर्दिया नगर अस्पताल नामाकरण गर्ने निर्णय गरेको छ यसै गरी बारबर्दिया नगरपालिका रहि स्थानिय पाठयक्रम लागु भइरहेकोमा आगामि शैक्षिक सत्र २०८१ देखि लागु हुने गरी थारु भाषा पाठयक्रम तयारी गरी कक्षा १ देखि क्रमिक रुपमा लागु गर्दे लैजानको लागी स्थानिय पाठयक्रममा थारु भाषा पाठयक्रम समेटने प्रस्ताव पनि पास भएको छ । साथै चालु आ.व.२०८० / ०८१ को बजेट कार्यक्रम विनीयोजित भई कार्य संचालनमा जटिलताका कारण संशोधन पेश गर्नु भएका सम्पुर्ण वडाहरु, शाखा, उप शाखाका कार्यक्रम संशोधन लागी विनियोजन ऐन २०८० संशोधन प्रस्ताव समेत पास भएको छ र नगर पालिका भित्र रहेका सम्पुर्ण शान्ति सुरक्षा लाई सुव्यवस्थित पार्दै सेवा प्रवाहमा गतिशिलता प्रदान गर्नका लागी बारबर्दिया नगरपालिकाको नगर प्रहरी २०८० पनि पास गरिएको छ । यी प्रस्तावहरु नगर प्रमुख छबिलाल थारुले पेश गर्नु भएको थियो । सभामा नगर उप प्रमुख रत्नकुमारी पाण्डेले हालसम्मको भौतिक तथा वित्तिय प्रगति विवरण पेश गर्नु भएको प्रमुख प्रशासकिय अधिकृत धर्मराज न्यौपानेले जानकारी दिनुभयो ।