८ माघ बर्दिया । बर्दियाबाट काठमान्डौ तर्फ जादै गरेको वस दुर्घटनामा परी मृत्यु हुने दुवै जना बर्दियाकै भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक लाल बहादुर श्रेष्ठलेका अनुसार मृत्यु हुनेमा जिल्ला बर्दिया गेरुवा गाउँपालिका १ बस्ने वर्ष ३६ का भीमनाथ योगी र मधुवन नगरपालिका २ अमरपुर गाउँ बस्ने अन्दाजी ३२ वर्षिय युवराज चौधरी रहेको उहाले बताउनु भयो ।बर्दिया देखि काठमाण्डौ जाँदै गरेको प्रदेश ३ ०१००५ ख ९७१९ नम्बरको यात्रु बस लमही नगरपालिका ९ रिहार नजिकै गएराती १२ बजे दुर्घटना भएको थियो । दुर्घटना हुँदा बसमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।बसमा सवार अन्य यात्रुहरु सकुशल रहेका छन भने चालक सामान्य घाइते भएको र उनको कोहलपुरमा उपचार भैरहेको प्रहरीले बताएको छ ।