दुवै यातायात प्रालि गाभिए

30Shares
दुवै यातायात प्रालि गाभिए

४ माघ बर्दिया । बर्दिया कृष्णसार यातायात व्यवसायी प्रा,ली र कृष्णसार यातायात व्यवसायी प्रालि विधिवत रुपमा गाभिएका छन् । दुवै ब्यवसायी एउटै हुने बताएका छन । आज पत्रकार सम्मेलनको आयोजना गरी सर्वसम्मत रुपमा रवि मल्ल ठकुरीलाई अध्यक्ष पनि चयन गरिएको जनाइएको छ ।व्यवसायीहरुले रवि मल्लको नेतृत्वमा ऐतमाद अलि सैयद प्रबन्धक, बिवेकानन्द पाठक कम्पनी सचिव र सन्त बहादुर ज्ञवाली प्रशासनिक सचिव, प्रकाश टण्डन आर्थिक प्रमुख, अजय थारु दुर्घटना प्रमुख, चयन गरिएको जनाएका छन । त्यस्तै उच्च स्तरिय समितिमा शम्भुप्रसाद रिजाल, मोहनलाल श्रेष्ठ, भूमिदत्त शर्मा, पिताम्बर श्रेष्ठ र चन्द्रबहादुर बानिया रहेका छन । संस्थाको कानूनी प्रकृया पूरा गर्न दुवै संस्थाका निवर्तमान अध्यक्षहरुलाई जिम्मेवारी दिईएको छ । यसै विच नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका बरिष्ठ उपाध्यक्ष पुण्य प्रसाद सिटौलाले यातायात व्यवसायीहरु राज्यको दोहोरो नितिका कारण पलायन हुने अवस्थामा पुगेको बताएका छन ।