बर्दियामा रास्ट्रिय स्वतन्त्र पार्टी परित्यागको लर्को

36Shares
बर्दियामा रास्ट्रिय स्वतन्त्र पार्टी परित्यागको लर्को

१ माघ २०८० काठमाडौं । रास्ट्रिय स्वतन्त्र पार्टी परित्यागले  बर्दियामा हलचल भएको छ । नगर पदाधिकारी , वडा सभापति , सकृय सदस्य सहित सयौले उक्त पार्टी परित्याग गरेको सामाजिक संजाल मार्फत  विज्ञप्ति जारी गरि घोषणा गरेका छन । बिशेष गरि बर्दिया जिल्ला गुलरिया नगरपालिकाका अधिकांश कार्यकर्ता पार्टी बाट रुष्ट रहेको बुझिएको छ ।

पछिल्लो समय रा स्व पा का सभापती रबि लामिछने  सहकारी काण्डमा बिवादित बनेको , प्रदेश पदाधिकारी , जिल्ला नेतृत्व स्वेच्छाचारी अराजक बनेको जस्ता आरोप लगाउदै पार्टी परित्याग गर्ने क्रम बढि्रहेका हाे । उक्त पार्टीका एक नेताका अनुसार पार्टीको पछिल्लो घटनाक्रम अनुसार नयाँ भनेर आउने पार्टीका नेताहरुमा पुराना भन्दा कुनै प्रवृत्तिमा कम नभएको , विवादित रहेको हुनाले नयाँ शक्तिको रुपमा उदाउन नसक्ने जिकिर गर्दै आफुहरुले पार्टी परित्याग गरेको र जिल्लाका धेरै नेताहरुले समेत पार्टी परित्याग गर्ने कुरा नयाँ शिरा लाई बताएका हुन ।