दीलिप लम्साल
२९ पुस बर्दिया । ठाकुरबाबा नगरपालिका वडा नम्बर ८ का निवर्तमान वडा अध्यक्ष निम प्रसाद थारुको हृदयघातका कारण निधन भएको छ ।२०७४ सालको स्थानीय तह निर्वाचनमा ठाकुरबाबा नगरपालिका वडा नम्बर ८ बाट वडा अध्यक्षमा निर्वाचित भएका थारुको श्रीमती २ छोरी र १ छोरा रहेका छन ।२०४७ सालदेखि मुक्तिमोर्चामा हुँदै नेकपा माओबादीमा आवद्ध भएका बेला द्वन्द्वकालमा कुटपिटबाट घाइते हुनु भएको थियो । तत्कालिन अवस्थामा राज्य बाट संकटकालमा विस्थापित भई भारतको गोवा जानू भएको थियो । ४९ वर्षको उमेरमा
हृदयघातका कारण निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।