भालुबाङ अपडेट : के भन्छन बसका चालक ?

42Shares
भालुबाङ अपडेट  :  के भन्छन बसका चालक ?

२८ पस, काठमाडौं । दाङको भालुबाङमा भएको बस दुर्घटनामा चालकले टायर नघुमेका कारण वस पल्टिएको प्रारम्भिक वयान दिएका छन ।सल्यान त्रिवेणी निवासी २८ वर्षीय चालक लालबहादुर नेपालीले प्रहरीसमक्ष चक्का नघुमेपछि बस पुलबाट राप्ती नदीमा खसेको बयान दिएका हुन् ।जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनकबहादुर मल्लले बस चालक लालबहादुरले सापट बिग्रिएर चक्का नघुमेपछि बस नदीमा खसेको बयान दिएको बताए । यद्यपि दुर्घटनाको प्राविधिक जाँच भने हुन बाँकी रहेको उनले बताए ।दुर्घटनामा सामान्य घाइते भएका चालक लालबहादुर प्रहरीको नियन्त्रणमा छन् ।दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ भने अन्य १७ जना घाइतेको उपचार चलिरहेको छ ।नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे१ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजे पुलबाट तल राप्ती नदीमा खसेको थियो ।भालुबाङको ट्राफिक बिट पार गरेको केहीबेरमा बस पुलको दायाँतर्फबाट पुलको रेलिङ भत्काएर नदीमा खसेको थियो ।