रेशमलाल चौधरी पार्टिको अध्यक्ष बन्ने लगभग पक्का

54Shares
रेशमलाल चौधरी पार्टिको अध्यक्ष बन्ने लगभग पक्का

२७ पुस कैलाली । नागरिक उन्मुक्ति पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत अहिले मनोनयन दर्ता प्रक्रिया चलिरहेको छ।
हालसम्म अध्यक्ष पदमा संरक्षक रेशमलाल चौधरीको मात्र उम्मेदवारी परेको छ।बिहीबारबाट सुरु भएको महाधिवेशन नयाँ कार्यसमिति चयन गर्दै शनिबार सम्पन्न हुने सो पार्टीले जनाएको छ।बिहीबार राति १० बजेदेखि सुरु भएको बन्दसत्र सकिएलगत्तै उम्मेदवारहरुको मनोनयन प्रक्रिया सुरु भएको हो। शुक्रबार नै नयाँ कार्यसमिति चयनका लागि मतदान हुने निर्वाचन तालिकामा उल्लेख गरिएको छ।