चार बर्षिय छोराको हत्या गरी झोलामा बोकेर हिडने आमा पक्राउ

33Shares
चार बर्षिय छोराको हत्या गरी झोलामा बोकेर हिडने आमा पक्राउ

२६ पुस काठमान्डौ । एजेन्सी । भारतको कर्नाटक राज्यमा भएको एक हत्याकाण्डले यतिखेर भारतीय मिडिया तातेको छ ।
कर्नाटक राज्यको चित्रदुर्गामा एक महिलाले आफ्नो चार वर्षीय छोराको हत्या गरी झोलामा बोकेर हिँड्दै गर्दा प्रहरीले पक्राउ गरेपछि घटना सार्वजनिक भएको हो ।भारतीय मिडिया आजतकमा उल्लेख भए अनुसार एक आर्टिफिशियल इन्टेलिजेन्स कम्पनीमा ‘सिइओ’ रहेकी सूचना सेठले गोवाको एक होटलमा आफ्नै सन्तानको हत्या गरेकी हुन् ।

के भएको थियो 
सन् २०१० मा विवाह गरेकी सूचनाले सन् २०१९ मा छोरालाई जन्म दिएकी थिइन् । सन् २०२० मा उनको पतिसँग विवाद सुरु भएको थियो, जसको कारण दुवैले डिभोर्स गरे र अदालतले हरेक आइतबार बच्चाको पिताले बच्चासँग भेट्न पाउने आदेश दियो । अदालतको आदेशपछि तनावमा आएकी सूचनाले एक होटलमा लगेर छोरा कै हत्या गरिन् ।

कसरी बाहिरियो घटना
छोरालाई कुनै पनि हालतमा उसको पितासँग भेट्न नदिने मनसाय बनाएकी ती महिला गोवास्थित एक होटलमा बस्न पुगेकी थिइन् । बच्चासँगै होटलमा बसेकी महिला एक्लै होटलबाट निस्किएपछि होटलका एक कर्मचारीले बच्चा बारे सोधेका थिए । बच्चालाई पहिले नै घर पठाइसकेको बताउँदै ती महिला ट्याक्सीमा हिँडिन् । महिलाको व्यवहारप्रति शंका लागेपछि होटलका कर्मचारीले उनी बसेको कोठा चेक गरे, जहाँ उनले रगतका छिर्काहरु देखे । त्यसपछि उनले प्रहरीलाई खबर गरेका थिए ।खबर पाए लगत्तै सक्रिय भएको प्रहरीले ट्याक्सी चालकको फोन नम्बर पत्ता लगाएर घटनाका बारेमा बताएको थियो । तीनै ट्याक्सी चालकले महिलालाई नजिकको पुलिस स्टेशनमा लगेर बुझाएका थिए । पक्राउ परेकी महिलाको ब्याकमा बालकको शव भेटिएको थियो ।