२६ पुस बर्दिया । बर्दियामा चिसोबाट बच्न बालेको आगोले जलेर गम्भीर घाइते भएकी वृद्धाको मृत्यु भएको छ।
बुधबार दिउँसो करिब साढे ३ बजे आफू सुत्ने कोठामा आगो बालेर उनी सुतेकी थिइन्। उनले ओढेको ब्लाङकेटबाट आगो सल्किँदा उनी घाइते भएकी थिइन्। बर्दिया राजापुर नगरपालिका–५ झप्टीकी ७५ वर्षीया सोहनी थारूको बिहीबार बिहान ४ बजे मृत्यु भएको हो। उनको उपचारको क्रममा नेपालगन्जस्थित आरोग्य अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।थारूलाई बर्दिया अस्पताल हुँदै थप उपचारको लागि नेपालगन्ज लगिएको थियो।