कर्णाली नदिमा मोटरसाइकल खस्दा एक दम्पतीको मृत्यु

789Shares
कर्णाली नदिमा मोटरसाइकल खस्दा एक दम्पतीको मृत्यु

दीलिप लम्साल
२६ पुस कैलाली । चिसापानिको कुइने सडक खण्डमा एक दम्पती सवार मोटरसाइकल दुर्घटना हुँदा दुवै जनाको मृत्यु भएको छ ।
अछामको पञ्चदेव विनयाक नगरपालिका १ कुईकाका अन्दाजी ३८ वर्षिय खकेन्द्र ढकाल र उनकी श्रीमती मैसरा ढकाल सवार भे १३ प १०७४ नम्वरको मोटरसाइकल मोहन्याल गाँउपालिका ७ पितमारी भन्दा करिब २ सय मिटर उत्तर तर्फ कर्णाली नदिमा खसेको इलाका प्रहरी कार्यालय चिसापानिले जनाएको छ । नदीबाट उनीहरूको शव मोटरबोटको सहायताले निकालिएको थियो । मृतकको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ ।ढकाल दम्पतीका दुई छोरा र एक छोरी छन् । अछाम बाट बर्दियाको ठाकुरबाबा नगरपालिका १ भुरिगाउ तर्फ आउदै गर्दा सो घटना घटेको प्रहरीले जनाएको छ ।