२५ पुस काठमाडौं । बालतपस्वी भनेर चिनिने रामबहादुर बम्जनलाई भेट्न पूर्वराज्यमन्त्री यशोदा लामा सीआईबी कार्यालयमा पुगेकी छन्।
मंगलबार पक्राउ परेका बम्जनलाई केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीको टोलीले आज सर्लाही प्रहरीलाई बुझाउने तयारी गरेको छ।
उनै बम्जनलाई भेट्न आज पूर्वराज्यमन्त्री लामा सीआइबी कार्यालय पुगेकी हुन्। ०७४ सालमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा राज्यमन्त्री बनेकी उनले आज त्यहाँ पुगेर बम्जनको बचाउ गरेकी थिइन्।यता, पक्राउ परेका बम्जनले भने कानुनी पक्रिया अनुसार जानको लागस अनुरोध गरेका छन्।हिजो बूढानीलकण्ठको हात्तिगौंडाबाट पक्राउ परेका बमजनविरुद्ध जिल्ला अदालत, सर्लाहीबाट पक्राउ पूर्जी जारी भएको थियो। यसकारण पहिले त्यहाँ हाजिर गराउने सीआईबीको तयारी छ।