२२ पुस बर्दिया । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बर्दियाले धुर्विकरण कार्यक्रम सम्पन्न गरेको छ ।
बर्दियाको मधुवन नगरपालिकामाक्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बर्दियाको जिल्ला समितीद्धारा आयोजित एक धुर्विकरण कार्यक्रमका क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका ६ नम्बर प्रदेश इञ्चार्ज संगम, पार्टीका बर्दिया जिल्ला इन्चार्ज शक्ति, जिल्ला संयोजक दिलमान लगाएत समग्र जिल्ला पार्टीले धुर्विकृत भएका हरुलाई स्वागत गरेको छ।बर्दियामा विभिन्न पार्टीबाट विद्रोह गर्दै मोहन वैद्य किरणले नेतृत्व गरेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा धुर्विकृतहुने हरुको संख्या बढदै गएको हो ।विभिन्न पार्टीबाट विद्रोह गर्दै ५२ जनामोहन वैद्य किरणले नेतृत्व गरेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा धुर्विकृत भएका हुन् ।नेपालमा अबको बिकल्पको रुपमा एक मात्र पार्टी क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल भएको निष्कर्ष निकाल्दै पार्टि प्रवेश गरेका हुन ।