पर्यटन मन्त्रीविरुद्ध प्रहरीमा उजुरी

63Shares
पर्यटन मन्त्रीविरुद्ध प्रहरीमा उजुरी

१९ पुस काठमान्डौ । संस्कृति, पर्यटनमन्त्री तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीविरुद्ध प्रहरीमा जाहेरी परेको छ । धार्मिक भावनामा आँच पुर्याएको भन्दै ध्रुवराज लुइँटेलले किरातीविरुद्ध जिल्ला प्रहरी परिसर टेकुमा जाहेरी दिएका हुन् । जाहेरीमा पुस पहिलो साता किरातीले एक कार्यक्रममा क्रिश्चियन धर्मको प्रचारकजस्तो बनी अन्य वैदिक सनातन धर्मप्रति हेय तथा भेदभाव पुर्याएको जिकिर गरिएको छ ।
किरातीलाई पक्राउ गरी मुलुक अपराध संहिताअनुसार ३ वर्ष कैद र २० हजार रूपैयाँ जरिवाना गराउन जाहेरकर्ताको माग छ ।क्रिश्चियन धर्मावलम्बीहरुको एक कार्यक्रममा मन्त्री किरातीले धर्मनिरपेक्षताको व्याख्या गर्दै इसाई धर्मको अस्तित्व स्वीकार नगर्नु दण्डनीय हुने बताएका थिए । उनको उक्त अभिव्यक्तिको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत हिन्दुवादीहरुले काठमाडौँमा आन्दोलन गरेका थिए ।आमतहबाट समेत किरातीको उक्त अभिव्यक्तिको चर्को आलोचना भएको थियो ।