प्रधानमन्त्री र भारतीय विदेशमन्त्री बीच सिंहदरवारमा भेटवार्ता

63Shares
प्रधानमन्त्री र भारतीय विदेशमन्त्री बीच सिंहदरवारमा भेटवार्ता

१९ पुस काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास सिंहदरबार उक्त भेटवार्ता भएको हो ।भेटका अवसरमा नेपाल भारतबीच कनेक्टीभिटी, जलवायु परिवर्तन असरको न्यूनीकरण र जलविद्युत्को विकासमा सहकार्यका बारेमा छलफल भएको छ । यस्तै आज हुने भनिएको उर्जा सहमतिबारे छलफल भएको बताइएको छ ।परराष्ट्र मन्त्री एनपी साउदको निमन्त्रणमा नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन आज नेपाल आइपुगेका मन्त्री जयशंकर भोलिसम्म विभिन्न कार्यक्रममा सहभागी हुनेछन् ।