नौ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद

24Shares
नौ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद

१८ पुस दैलेख । दैलेख जिल्ला अदालतले बालिका बलात्कार गर्ने एक वृद्धलाई जन्मकैदको सजाय सुनाएको छ।न्यायाधीश बलराम लम्सालको इजलासले नौ वर्षीया बालिकालाई बलात्कार गर्ने नारायण नगरपालिका–८ ढकानेका ८६ वर्षीय प्रजापति रेग्मीलाई २५ वर्ष कैद सजाय सुनाएको हो।दैलेख जिल्ला अदालत सूचना अधिकारी हरिप्रसाद उपाध्यायले बालिका बलात्कार गर्ने रेग्मीलाई २५ वर्ष कैद, सात लाख रुपैयाँ जरिबाना, ५० हजार पीडितलाई क्षतिपूर्ति र २८ सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला अदालतले गरेको जानकारी दिए।मुलुकी अपराध सहिंता २०७४ को दफा २१९ को उपदफा ३ मा पीडितको उमेरअनुसारको कैद सजाय व्याख्या गरिएको छ। जसमा १० वर्षभन्दा कम उमेरकी बालिकालाई बलात्कार गरे जन्मकैद हुने उल्लेख गरिएको छ। सोही कानूनअनुसार रेग्मीलाई जन्मकैदको सजाय सुनाइएको छ।