मोटरसाइकल दुर्घटनामा दुई युवकको मृत्यु

756Shares
मोटरसाइकल दुर्घटनामा दुई युवकको मृत्यु

७ पुस बारा । बारामा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।बाराको प्रसौनी गाउँपालिका २ दुधौरी खोला पुलमा म.प्र. ०३.०३०  प ४३९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पुलको पिलरमा ठोक्किएर दुर्घटना भएको थियो।बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेका अनुसार दुर्घटनामा परी मोटरसाइकलमा सवार कलैया उपमहानगरपालिका(१३ बलिरामपुरका २२ वर्षीय कुन्दन मेहत्रा र कलैया उपमहानगरपालिका १२ सितलपुरका २२ वर्षीय अभिमन कुशवाहाको मृत्यु भएको हो।दुर्घटनामा परी गम्भीर घाइते भएका दुवैलाई गएराति अस्पताल पुर्‍याइएको थियो। डिएसपी न्यौपानेका अनुसार एलएस न्युरो अस्पताल पुर्‍याइएको कुन्दनको उपचारका क्रममा राती  अभिमनको  मृत्यु भएको हो।