सन्जिवनी मेडिकल कलेजमा बर्दियाकी पवित्रा केसीको मृत्यु

सन्जिवनी मेडिकल कलेजमा बर्दियाकी पवित्रा केसीको मृत्यु

३० कात्तिक बाँके । बर्दियाकी पवित्रा केसीको बाँकेमा मृत्यु भएको छ । बाँकेको सन्जिवनी कलेज अफ मेडिकल नेपालगन्जमामा ४ दिनअघि उपचार्थ भर्ना भएकी ७ महिने गर्भवती बर्दियाकी २० बर्षीयाको मृत्युपछि सहमतिका लागि भएको छलफल निष्कर्श बिना टुङ्गिएको छ ।

बर्दिया बढैयाताल ७ की पवित्रा केसीको अपरेशन भएको ४ दिनपछि आइतबार बिहान मृत्यु हुँदा घटना छानविन, दोषीमाथि कारवाही र क्षतिपूर्ति बिषयमा बसेको छलफल टुङ्गो नलागेपछि विवाद झन बढेको छ । मृतकका परिवारले राखेको मागका बिषयमा अस्पताल प्रशासन मौन बस्दा मृतकका आफन्त आक्रोशित भएका छन् । अस्पताल प्रशासनले घटनाको छानविनमा सहयोग गर्ने र उपचारमा लागेको खर्च मिनाहसम्म गर्ने मौखिक जानकारी मात्रै गराएको छ।पेटमा रहेको जुम्ले ७ महिने बच्चाले दिशा खाएको भन्दै कार्तिक २६ गते उक्त मेडिकलमा केसीलाई भर्ना गरिएको थियो । २७ गते शुक्रबार अपरेशन गरेर ७ महिनाको शिशु निकालिएको र त्यसपछि रक्तश्राव नरोकिएको भन्दै २८ गते परिवारलाई जानकारी नदिई पाठेघर समेत फालिएको आरोप छ ।अपरेशनपछि आईसियुमा राखिएकी केसीको आइतबार बिहान मृत्यु भयो ।