५ पुस बर्दिया । सिप सिकौ आत्म निर्भर बनौ भन्ने मुल नाराका साथ महिलाहरुका लागी डल, गुडिया, कुसन सम्बन्धि १० दिने तालिम सम्पन्न भएको छ ।
गुलरिया नगरपालिका वडा नं ५ को आर्थीक सहयोगमा अग्रिमा हस्तकला ट्रेनिङ सेन्टर ,गुलरिया बर्दियाको आयोजनामा वडाका महिलाहरुका लागि डल,गुडिया तथा कुसन सम्बन्धी तालिम समापन समारोहमा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै वडाध्यक्ष मुम बहादुर मल्लले तालिमको अवधि कम भएपनि यसबाट केहि सिक्ने र बुझने अवसर वडाबाट प्रदान गरिएको बताउदै आगामी दिनमा पनि यस्ता खालका क्रियाकलापलाई निरन्तरता दिइने बताउनु भयो । साथै उहाले सिपलाई जिविकोपार्जन संग जोडन पनि आग्रह गर्नु भयो । सो तालिममो समापन समारोहमा वडासदस्यद्धय रतन बहादुर ठकुराठी , शोबिन्द्र बहादुर चौधरी र वडा सचिव घनश्याम अधिकारीले मानव जिवनमा शिक्षाको अनिवार्य महत्व भएजस्तै अहिलेको परिबेश अनुसार सिप पनि महत्वपुर्ण भएको हुँदा यसलाई व्यवसायीक रुपमा जोडनका लागी निरन्तरताको आवश्यक भएको बताउनु भयो । अग्रिमा हस्तकला ट्रेनिङ सेन्टरका संचालक निर्मला धमलाले सेन्टरले बर्दिया लगायतका अन्य जिल्लामा पनि यस्ता खालका तालिम संचालन गरिसेको जानकारी गराउदै सिपलाई व्यवसायिक रुपमा संचलान गर्न नसकेतापनि फुर्सदको समयलाई सदुपयोग गर्न आग्रह गर्नु भयो । तालिममा वडाका १५ जना महिलाहरुको सहभागीता रहेको अग्रिमा हस्तकला सेन्टरका व्यवस्थापक सागर चापागाईले जानकारी दिनुभयो ।