आफनै साथिलाई पेट्रोल छर्केर आगो लगाई हत्या गर्ने कार्की पक्राउ

आफनै  साथिलाई पेट्रोल छर्केर आगो लगाई हत्या गर्ने कार्की पक्राउ

२९ कात्तिक दाङ । सँगै बसेर मदिरा सेवन गरेका साथीद्वारा पेट्रोल छर्केर आगो लगाइ फरार भएका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार शनिबार दिउँसो करिब २ बजेर २० मिनेटमा राजपुर गाउँपालिका–२ खालगैरामा ३८ वर्षीय त्रिलोक सिंह कार्कीले आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर दाङको राजपुर गाउँपालिका–२ का ४९ वर्षीय रुपलाल चौधरीको शरीरमा छर्की आगो लगाएको प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक बुढाथोकीका अनुसार आगो लगाएका कार्कीले दुवै जना सँगै बसेर मदिरा खाएपछि भएको विवादपछि यस्तो आक्रोशमा आएको दाबी गरेका छन् ।चौधरीको उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक साहिल बुढाथोकीले जानकारी दिनु भयो । उहका अनुसार चौधरीको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनको शरीरको ८० प्रतिशतभन्दा बढी भाग जलेको थियो ।आगोले जलेर घाइते भएका चौधरीलाई तत्काल उपचारका लागि लमही अस्पताल पुर्याइएको थियो । त्यहाँबाट थप उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पताल रिफर गरिएको थियो ।