१ पुस काठमाडौं । जाडो बढेसँगै श्वासप्रश्वासजन्य रोगको संक्रमण बढ्दै गएको छ । तीमध्ये एक हो, इन्फ्लुएन्जा अर्थात् फ्लू । इन्फ्लुएन्जा भइरसका कारण श्वासप्रश्वासमा हुने संक्रमण हो फ्लू । यसले विषेशगारी रोग प्रतिरोधी क्षमता कम भएका, बालबालिका, ज्येष्ठ नागरिक तथा स्वस्थ व्यक्तिलाई समेत आक्रमण गर्नसक्छ ।ज्वरो आउनु, टाउको दुख्नु, जीउ र मांसपेसी दुख्नु, खोकी लाग्नु र घाँटी दुख्नु,नाक बन्द हुनु वा सिँगान बग्नु, थकान महसुुस हुनु फ्लूका लक्षण हुन् । तर, फ्लू भएका सबै बिरामीलाई ज्वरो नआउन पनि सक्छ । फ्लू भएका व्यक्तिले बोल्दा, खोक्दा, हाच्छिउँ गर्दा, निस्किएका छिटाको माध्यमबाट दोस्रो व्यक्तिमा भाइरस सर्नसक्छ । त्यस्तै, भाइरस भएको कुनै सतह छोएर मुख वा नाकमा हात पुर्याउँदा पनि फ्लू सर्नसक्छ ।यतिबेला मौसमको आद्रता सुख्खा हुने र प्रदुषण पनि बढेका कारण ब्याक्टेरियाले शवासप्रश्वासजन्य संक्रमण गराउने सम्भावना बढी हुने वरिष्ठ छातीरोग विशेषज्ञ डा। निरज बम बताउँछन् ।
हावामा भएका यस्ता जीवाणुहरू श्वासप्रश्वास हुँदै फोक्सोसम्म पुग्नसक्छन् ।यसरी भित्र पुगेका जीवाणुले फोक्सोको भित्तामा पुगेर आक्रमण गर्छन् र त्यहाँ तरल पदार्थ जम्मा हुनपुग्छ । यही अवस्था निमोनिया हो, निमोनियाले श्वासप्रश्वास प्रक्रियामा अवरोध उत्पन्न हुन्छ र अक्सिजनको कमी गराइ गम्भीर समस्या निम्त्याउनसक्छ ।बिरामी भएका व्यक्तिसँग भौतिक दुरी कायम गर्ने, सरसफाइमा ध्यान दिने, मास्कको प्रयोग गर्नेजस्ता सुरक्षाका उपाय अपनाइ फ्लू सर्नबाट बच्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।