अमरेश मन्त्री पद नपाएको झोकमा अन्ट सन्ट बोल्दै हिडे ‘ दिपशिखा ’

60Shares
अमरेश मन्त्री पद नपाएको झोकमा अन्ट सन्ट बोल्दै हिडे  ‘ दिपशिखा ’

२९ मंसीर काठमान्डौ । नेकपा माओवादी केन्द्र का पोलिटब्युरो सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले प्रतिनिधि सभा सदस्य डा। अमरेश कुमार सिंहलाई प्रधानमन्त्री र उनको सचिवालयमाथि लगाएको आरोप पुष्टि गर्न चुनौति दिएका छन् । उनले प्रमाण सार्वजनि भए प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गंगा दाहाल जेल जान तयार रहेको बताए । जनतामाझ भ्रम छरेर बदमासी नगर्न उनले अमरेशलाई चेतावनीसमेत दिए । अमरेशले अब प्रमाण सार्वजनिक गर्न नसकेको खण्डमा दण्डित हुनुपर्ने उनले बताए ।अमरेशको सम्पत्तिको स्रोतका बारेमा पनि उनले प्रश्न उठाएका छन् । आजभन्दा १५ वर्षअघि स्प्लेन्डर बाइक चढेर काठमाडौं छिरेर अमरेशले दलाली गरेर अकुत सम्पत्ति आर्जन गरेको उनको आरोप छ । अमरेशले चार–चार पटक सांसद भएँ भन्दैगर्दा आफ्नो कार्यकालमा दलालीमात्रै गरेको र आफ्नै परिवारलाई पनि प्रताडित तुल्याएको उनको आरोप छ । साथै, आजभन्दा चार÷पाँच महिनाअघि प्रचण्डकै शरणमा रहेका अमरेशले मन्त्री पद नपाएपछि प्रचण्ड र उनको परिवारलाई बदनाम गर्ने गरी फण्डा निकालेको उनको दाबी छ । उनले अहिले अमरेशले मन्त्री पद र खानपिनका लागि बार्गेनिङ गरिरहेको बताए ।अमरेशले गंगा दाहालमाथि आरोप लगाएर उनको नीजि जीवनमाथि खेलवाड गर्न खोजेको र चरित्र हत्या गरेको उनको आरोप छ । पछिल्लो समय नेपाली राजनीतिमा अमरेशजस्तै विभिन्न फण्डा गर्ने मानिसहरु चर्चामा आउने गरेको बताउँदै उनले यो प्रवृत्ति नेपाली राजनीतिका लागि हानिकारक रहेको बताए ।सरकारले एनसेल शेयर खरिद विक्री प्रक्रियालाई कैफियत देखिएको भनेर रोकिदिएको उनले बताए । सरकारले उक्त प्रक्रिया रोक्दा अमरेशको भाग पनि रोकिएको हुनसक्ने उनले आशंका ब्यक्त गरे । वर्तमान सरकार सुशासन र समृद्धिको पक्षमा दृढ रहेको उनले बताए ।