नेपाल पुलिस क्लबलाई मदन भण्डारी कप प्रतियोगिताको उपाधि

नेपाल पुलिस क्लबलाई मदन भण्डारी कप प्रतियोगिताको उपाधि

१८ असोज रुपन्देही । मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ्ग शिल्ड पुरुष भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले जितेको छ ।बुटवलको बिआइसिसी सम्मेलन केन्द्रमा शनिबार भएको फाइनल खेलमा पुलिसले सभापोखरी भलिबल क्लब संखुवासभालाई ३ शून्यको सोझो सेटमा हराउँदै पुलिसले उपाधि जितेको हो ।पुलिसले सभापोखरीमाथि २५–२३, २५–२३, २५–२२ को जित निकाल्यो । भारतीय खेलाडीको साथ पाएको सभापोखरीमाथि पुलिसले उत्कृष्ट प्रदर्शन गरेको थियो ।

लिग चरणदेखि सानदार प्रदर्शन गरेको सभापोखरी फाइनलमा भने निराश बन्यो ।उपाधिसँगै पुलिसले सात लाख रुपैयाँ पुरस्कार पायो । उपविजेता सभापोखरीले तीन लाख ५० हजार रुपैयाँ प्राप्त गर्‍यो ।