१८ असोज काठमाडौं । कांग्रेसको १५औं महाधिवेशन आज देखि सुरु हुँदैछ । ‘परम्पराको सम्मान र परिवर्तनको संकल्प समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नारासहित महाधिवेशन सुरु हुन लागेको हो ।
महाधिवेशनको उद्घाटन समारोह आइतबार दिउँसो २ बजेदेखि खुल्ला मञ्चमा सुरु हुनेछ । महाधिवेशनको बन्दसत्र र अन्य कार्यक्रमहरू भने सोमबार र मंगलबार १९–२० असोज हुने बताएको छ ।