दाउन्ने बस दुर्घटना अपडेट : ६ जनाको मृत्यु , बर्दियाका ३ जना घाइते

दाउन्ने बस दुर्घटना अपडेट :  ६ जनाको मृत्यु , बर्दियाका ३ जना घाइते

१७ असोज बर्दिया ।  नवलपरासी बर्दघाट सुस्ता पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ एस मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा मृत्यु भएका ६ जनामध्ये ५ जनाको परिचय खुलेको छ । दुर्घटनामा १० जना घाइते भएका छन् ।नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा सडकबाट नालामा पल्टिएको हो ।

दुर्घटनामा परी बाँकेका ३ जनाको मृत्यु भएको छ भने बर्दियाका ३ जना घाइते भएका छन ।राजापुर नगरपालिका–९ का २८ वर्षीय सञ्जय थारु सहीत दुर्घटनामा ठाकुरबाबा नगरपालिका–१ की २० वर्षीया आकृति थारु, र बाँसगढी नगरपालिका–७ का ३७ वर्षीय लालबहादुर कार्की घाइते भएका छन्।सशस्त्र प्रहरीले दिएको जानकारी अनुसार, दुर्घटनामा मृत्यु हुनेमा जाजरकोट, भेरीगंगा नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्री, निर्जुङ खत्री, बाँके, कोहलपुर–३ का ३२ वर्षीय दिपेन्द्र केसी, बाजुरा, स्वामीकार्तिकका ६५ वर्षीय नरेन्द्रराज गरि र बाँके, कोहलपुर–१० का ५५ वर्षीय एकेन्द्रराज रेग्मीको मृत्यु भएको छ