गणेश नेपालीका दाइ भन्छन सरकारले सम्झौता कार्यान्वयन गरेन

गणेश नेपालीका दाइ भन्छन सरकारले सम्झौता कार्यान्वयन गरेन

१४ असोज काठमान्डौ । महानगर प्रहरीसँगको विवाद पछि काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाह गरेका गणेश नेपालीका दाइ मदन नेपालीले सरकारले आफूहरूसँग गरेको सम्झौता कार्यान्वयन नगर्दा समस्या भएको गुनासो गरेका छन् ।बुधबार गृहमन्त्री सुदन गुरुङसँग भेटका लागि सिंहदरबार पुगेका मदनले सञ्चारकर्मीसँग कुरा गर्दै सम्झौता कार्यान्वयनका लागि आफू पटकपटक सिंहदरबार धाउनुपरेको बताए ।उनले भने, ‘भाईले प्राण त्याग गरेको तीन महिना भइसक्यो । हाम्रो सम्झौता जुन थियो, त्यो सम्झौता कार्यान्वयन अझै पनि भएको छैन । त्यो चाँडो होस् भनेर म सिंहदरबार धाइरहेको छु ।’

उनका अनुसार गणेशको आत्मदाहपछि सरकारले सत्यतथ्य छानबिन गरी प्रतिवेदन तयार पार्ने र गणेशलाई आत्मदाह गर्न बाध्य बनाउनेमाथि कारबाही गर्ने प्रतिबद्धता जनाएको थियो । त्यससँगै गणेशकी श्रीमतीलाई रोजगारी, छोरीलाई उच्च शिक्षा तथा परिवारका सदस्यको स्वास्थ्य उपचारलगायतका मागमा पनि सहमति भएको उनले बताए ।