१४ असोज कञ्चनपुर । कन्चनपुरमा रहेको दोधारा–चाँदनी र भीमदत्त नगरपालिकालाई जोड्ने झोलुङ्गे पुल बीच भागबाट चुँडिएको छ।महाकाली नदीमा आएको बाढीले बुधबार बिहान करिब ८ बजे पुलको एक भाग भत्काएको हो। नदीको बीच भागमा रहेको एउटा पिलर भत्किएपछि पुलको संरचनासमेत नदीमा बगेको प्रत्यक्षदर्शीले बताएका छन्।

प्रहरीका अनुसार भीमदत्त नगरपालिका–१३ तर्फबाट छैटौँ नम्बर र दोधारा–चाँदनीतर्फबाट तेस्रो नम्बरको भाग भत्किएको हो। पुल भत्किएपछि आवत जावत पुर्ण रुपमा बन्द भएको छ ।फोटो अनलाईन खबरबाट