१४ असोज जाजरकोट । जाजरकोटमा ससुराको हत्या गरेको आरोपमा बुहारी लाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।जिल्लाको जुनिचाँदे गाउँपालिका–५ पाँगाका ७५ वर्षीय गंगाराम शाहीको हत्या भएको करिब १४ महिनापछि उनकी माइली बुहारीलाई प्रहरीले पक्राउ गरेको हो । जुनिचाँदे इलाका प्रहरी कार्यालयले घटनामा संलग्न रहेको भन्दै शर्मिला शाहीलाई पक्राउ गरेको हो ।गंगारामको ११ साउन २०८२ राति करिब ८ बजे आफ्नै घरको सिँढी नजिक धारिलो वस्तु प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको थियो।घटना भएको लामो समयपछि मृतकका जेठा छोरा राजकुमार शाहीले ७ असोज २०८३ मा आफ्नी माइली भाउजू शर्मिला शाही घटनामा संलग्न रहेको भन्दै प्रहरीमा किटानी जाहेरी दिएका थिए । जाहेरी पश्चात् जाजरकोट जुनिचाँदे इलाका प्रहरी कार्यालय गर्खाकोटे पक्राउ अनुमति लिएर शर्मिलालाई उनकै घरबाट असोज ८ मा पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक सुधीर कुमार खड्काका अनुसार शर्मिलालाई इलाका प्रहरी कार्यालय जुनिचाँदे गर्खाकोटबाट अड्डासार गरी असोज ८ गते जिल्ला प्रहरी कार्यालयमा दाखिला गरिएको थियो। सोही दिन प्रहरीले जाजरकोट जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा १० दिनको म्याद थप अनुमति लिएको छ ।