हेरोइनसहित बाँकेबाट दम्पती पक्राउ

हेरोइनसहित  बाँकेबाट दम्पती पक्राउ

४ असोज बाँके । प्रहरीले खैरो हेरोइनसहित बाँकेको नेपालगञ्जबाट दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका–१३ घर भएका देशराज चौहान लोनिया र सोही ठाउँ घर भएकी २५ वर्षीया पुजा लोनिया छन् । उनीहरू दम्पती हुन् ।आरोपीहरूको साथबाट प्रहरीले १०७ ग्राम ५५० मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ । उनीहरुलाई थप अनुसन्धान गर्न ब्युरोले जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाएको छ ।लागुऔषध नियन्त्रण ब्युरोको शाखा कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले उनीहरूलाई आइतबार पक्राउ गरिएको ब्युरोका डीएसपी जीवन निरौलाले बताए ।