बाँकेमा ३५ ग्राम भन्दा बढि खैरो हिरोइनसहित दुई जना पक्राउ

बाँकेमा ३५ ग्राम भन्दा बढि खैरो हिरोइनसहित दुई जना पक्राउ

३ असोज बाँके । बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ३ बाट ३५ ग्राम ९०० मिलिग्राम खैरो हिरोइनसहित दुई जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा सोही स्थानका ३२ वर्षीय मोहम्मद हसिन अन्सारी र २५ वर्षीय समीर अहमद अन्सारी रहेका छन् ।प्रहरीका अनुसार उनीहरूको साथबाट खैरो हिरोइनका साथै नगद ७३ हजार ७ सय रुपैयाँ, ५ थान मोबाइल र एक थान डिजिटल तराजु पनि बरामद गरिएको छ ।