२ असोज काठमाडौं । नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागले आजदेखि ५० रुपैयाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याउने भएको छ । केन्द्रीय बैंकले आज सूचना जारी गर्दै साविककै आकार तथा रङमा नयाँ नोट जारी गर्न लागिएको जनाएको छ ।

नोटमा राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको दस्तखत छ ।राष्ट्र बैंकले ‘नोट राष्ट्रको सम्पत्ति हो, यसको जतन गरौँ’ भन्ने सन्देशसहित सर्वसाधारणलाई नोटको जतन गरी प्रयोग गर्न आग्रह गरेको छ ।नोटको मध्य खण्डमा हिउँ चितुवाको चित्र राखिएको छ । सोको माथि अंग्रेजीमा नेपाल राष्ट्र बैंक लेखिएको छ ।नोटको तल्लो खण्डमा अंग्रेजीमा रुपिज फिप्टी र सिरिज नम्बर २०२५ एडी उल्लेख गरिएको छ ।