१८ कार्तिक २०८० बाँके । शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको नयाँशिरा लाई बताए । जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको पुष्टि भएको छ। देशभरी धक्का महसुस भएपनी जाजरकोटमा केही घरहरुमा क्षती पुगेको प्रारम्भिक अनुमान छ । थप विवरण आउन बाकी छ ।