माओवादीको लुम्बिनी प्रदेशस्तरिय स्कुलिङ सुरु

744Shares
माओवादीको लुम्बिनी प्रदेशस्तरिय स्कुलिङ सुरु

१५ कार्तिक २०८० काठमाडौं । विश्व शान्तिका दुत जन्मिएको ठाँउ लुम्बिनीमा ने क पा( माओवादी केन्द्र ) को प्रदेशस्तरिय आधारभुत स्कुलिङ सुरु भएको छ । यसलाइ प्रशिक्षक प्रशिक्षण भनिएको छ ।

सो पार्टीका केन्द्रिय सचिव हितमान शाक्यले उक्त कार्यक्रम उद्घाटन गरेका हुन । ‘१५ र १६ गते गरि दुई दिन सन्चालन हुन्छ । यस बाट लुम्बिनी प्रदेशका १२ जिल्लाका लागि प्रशिक्षक उत्पादन भै जिल्लामा पनि गरिने छ ।’ प्रदेश अध्यक्ष सुदर्शन बरालले भने ।

दुई दिने कक्षामा दर्शन शास्त्र , मार्क्सवादी राजनितिक अर्थशास्त्र , समाजवाद र पार्टी कार्यदिशा , संघीयता समावेशिता जातिय सवाल , कम्युनिस्ट पार्टी र संगठनात्मक सिद्धान्त , राज्यसत्ता सरकार र उत्पादन , सांस्कृतिक रुपान्तरण जस्ता बिषयमा कक्षा संचालकन हुने कुराको जानकारी प्रदेश पुर्वमन्त्री समेत रहेका तिलकराम शर्माले जानकारी दिए । उक्त स्कुलिङमा १२ जिल्लाका प्रती जिल्ला ६ जनाका दरले प्रशिक्षक सहित ८० जना सहभागी छन । कार्यक्रम संचालन पार्टी प्रदेश सचिव प्रकाश अधिकारी र स्वागत मन्तब्य प्रदेश स्कुल बिभाग  सदस्य हुमनाथ न्याैपानेले गरेका थिए ।